पूजा शर्मासँग ‘भेट्ने भाका टार्दै’ राज (भिडियो)

नायिका पूजा शर्मा र नायक राज कटुवाल फिचर्ड ‘लिन आउँछु भन्थ्यौं’ म्युजिक भिडियो सार्वजनिक भएको छ । कविराज गहतराजकोक कोरियोग्राफी रहेको गीतको भिडियो सुन्दर छ ।

यो गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ । उर्मिला हाल अमेरिकामा बस्दै आइरहेकी छिन् । उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन् । उनले स्वर दिएको यो पहिलो गीत हो ।

दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: : 2020-09-13 12:48:57

प्रतिकृया दिनुहोस्