सकियो कुलनमानको कार्यकाल, अब विकल्प को?

नेपाल लाइभ

काठमाडौं

सविन मिश्र

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको छ। २०७३ भदौ २९ गते ४ वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्त भएका घिसिङको कार्यकाल आइतबार सकिएको हो। 

घिसिङको कार्यकाल सकिन लागेसँगै उनलाई प्राधिकरणकै कार्यकारी प्रमुखमा दोहोर्‍याउनुपर्ने सार्वजनिक दबाब बढेको छ। तर अहिलेसम्म सरकारले भने उनको पुनर्नियुक्तिको औपचारिक प्रस्ताव तयार गरेको छैन। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने बताए पनि औपचारिक प्रस्ताव भने मन्त्रिपरिषदमा पठाएका छैनन्। उनले यसअघि गत सोमबार, बिहीबार, शुक्रबार र त्यति नभए आइतबार भए पनि प्रस्ताव लैजाने बताएका थिए। 

प्रकाशित मिति: : 2020-09-13 17:38:33

प्रतिकृया दिनुहोस्