सुशान्तको फार्महाउसमा फेला पर्यो ड्रग्स पार्टीमा प्रयोग हुने सामान

एजेन्सी

मुम्बई

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । त्यसपछि उनको आत्महत्या प्रकरणबारे अनुसन्धान भईरहेको छ ।

यसैबीच अनुसन्धानको क्रममा एनसीबीले सुशान्तको फार्म हाउसमा ड्रग्सका लागि प्रयोग गरिने सामान फेला पारेको छ । जसबाट सुशान्तले पनि ड्रग्स लिने र पार्टी गर्ने गरेको रहस्य पत्ता लागेको छ ।

सुशान्तको फार्म हाउसबाट एनसीबीले गाँजा र ड्रग्सको लागि प्रयोग गरिने सामाग्री फेला पारेको छ ।

प्रकाशित मिति: : 2020-09-14 15:57:53

प्रतिकृया दिनुहोस्