लोकभाका 'चाडबाड आउँदा...' सार्वजनिक (भिडियोसहित)

दशैं–तिहार नजिकिँदै गर्दा केशवराज न्यौपानेको शब्द संगीतमा रहेको ‘चाडबाड आउँदा’ बोलको लोकभाका सार्वजनिक भएको छ।

रामचन्द्र चन्द र कमला पोखरेलद्वारा स्वरबद्ध लोकभाका यूट्युबमार्फत शनिबार सार्वजनिक भएको हो।

हुम गैरेको निर्देशन एवं सम्पादन तथा बसन्त महर्जनको छायांकन रहेको गीतको भिडियोमा अर्जुन विक र रुबिना अधिकारीको जीवन्त अभिनय देख्न सकिन्छ। समाजमा व्याप्त गरिबी र त्यसबाट सिर्जित समस्यालाई न्यौपानेले मर्मस्पर्षी शब्दमार्फत उजागर गरेका छन्। 

समाज जतिसुकै परिष्कृत भएपनि आजका दिनसम्म आइपुग्दा समेत यहाँ हुँदा खाने र हुने खानेबीचको खाडल झनै गहिरिँदै गएको भन्दै त्यस्ता वर्गको पीडा टिपेर शब्दमार्फत व्यक्त गर्ने प्रयास गरेको न्यौपाने बताउँछन्।  मेरो आँसु झर्दा– झर्दै, जुनी–जुनी रोजी रहने, सम्झिदा मन रुन्छ जस्ता दर्जनौँ गीतका स्रष्टा न्यौपाने झण्डै एक दशकयता सांगितिक क्षेत्रमा क्रियाशिल छन्।

प्रकाशित मिति: : 2020-09-15 12:28:25

प्रतिकृया दिनुहोस्