डिसहोमबाट बलिउड फिल्म ‘खाली पिली’ रिलिज हुने

अब डिसहोमले बलिउड फिल्म रिलिज गर्ने भएको छ।

यसअघि बलिउड फिल्म नेपालमा सिनेमा हलमार्फत रिलिज हुने गरेकामा अब डिसहोममार्फत् प्रशारण हुने भएको हो। कोभिड-१९ संकटका कारण सिनेमा हल बन्द हुँदा अहिले डिजिटल प्लटफर्म मार्फत फिल्म रिलिज गर्ने गरिएको छ।

बलिउड फिल्मको नेपाल रिलिज डिसहोमबाट पहिलोपटक हुन लागेको हो।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार ‘खाली पिली’ फिल्म अक्टोबर २ मा डिसहोम मार्फत रिलिज हुँदैछ। 

उनका अनुसार दर्शकले प्रति शोको शूल्क तिर्ने गरी (पे पर भ्यु( घरै बसेर फिल्म हेर्न पाउनेछन्।

नायिका अनन्या पाण्डे अभिनित फिल्म ‘खाली पिली’को टिजर सावृजनिक भइसकेको छ। यो फिल्ममा अनन्या र इशान खट्टरको मुख्य भूमिका छ।

प्रकाशित मिति: : 2020-09-15 14:05:06

प्रतिकृया दिनुहोस्