भेट्दै गरौंला, टेड !

हिमाल खबर

काठमाडौँ

कनकमणि दीक्षित
विश्वप्रख्यात ‘हिमालयविद्’ प्रोफेसर थियोडोर रिकार्डीको ८३ वर्षको उमेरमा अमेरिकाको न्यूयोर्कमा निधन भएको छ।

कोलम्बिया युनिभर्सिटीको इमेरेटस् प्रोफेसर ‘टेड’ रिकार्डी अध्ययनले मानवशास्त्री थिए तर नेपाली कला, संस्कृति, पुरातत्व, बसोबास, लेखन, राजनीति हर क्षेत्रमा उनको चासो थियो, यसर्थ उनलाई ‘नेपालविद्’ पनि भन्न सकिन्छ ।

कोलम्बिया युनिभर्सिटीको दक्षिणएशिया अध्ययन विभागको निर्देशक हुँदा रिकार्डीले नेपाल अध्ययनमा जोड दिएका थिए, जबकि त्यो बेला धेरैका आँखा नेपालमाथि पर्दैनथ्यो । आफ्नो अध्ययनबाहेक रिकार्डी अरूलाई पनि नेपाल अध्ययनमा प्रोत्साहित गर्ने गुरुका रूपमा चिनिन्थे। ब्रुस् ओवेन्स्, बिल फिशर, टड लेविस, डन् मेशर्शिमिट र लीन् बेनेट टेडकै अनुयायीमध्ये पर्छन् । 
 

प्रकाशित मिति: : 2020-09-16 05:52:41

प्रतिकृया दिनुहोस्