ओहो! कठिन रहेछ

खेल्न भन्दा गाह्रो रहेछ खेलिरहन। जित्नभन्दा जितिरहन मुस्किल भएजस्तै। मेहनत भन्दा ज्यादा चाहिने धैर्यता। रहरको खेल लक्ष्य भइसक्दा पनि लामो समय साथ पाउन कठिन। खेलमा अडिसकेको मन खेलबाट त हट्दैन नै, तर परिस्थिति यस्तो आइदिन्छन् जसले खेलमा लागिरहन बाधा भइरहन्छ। 

कोरोना माहामारीमा अहिलेको समय कसैका लागि सहज छैन। खेलाडी त मैदान नपुगेको ६ महिना भइसक्यो। धेरै विषय सहज रुपमा बढाउने प्रयास भइरहे पनि खेलकुदबारे कुनै योजना छैन। अभ्यासमा जाने र सुरक्षित रुपमा खेल गतिविधि गर्नेमा खेलसम्बद्धको स्पष्ट नीति देखिँदैन। सरकारको निर्देशनको पालना गरिरहेका खेल संघहरु खेलाडीको अवस्थाबारे जानकार जस्ता देखिँदैनन्। 

प्रकाशित मिति: : 2020-09-16 13:34:31

प्रतिकृया दिनुहोस्