रासन छैन, पैँचो मागेर गुजारा, पैसाले पनि किन्न पाइन्न

शैलेन्द्र रोकाय

जिल्लाको दुर्गम साईपाल गाउँपालिकामा रहेको सीमा प्रहरी चौकी धुलीमा रहेका सबै प्रहरी प्रहरीलाई खाद्यान अभाबका कारण छाक टार्न समस्या भएको छ । जिल्लाबाट चार दिनको पैदल दुरीमा रहेको धुली प्रहरी चौकीमा रहेका प्रहरीहरुलाई खाद्यानको अभाब भएपछि गाउँलेसँग पंैचो मागेर बिहान बेलुकाको छाक टारिरहेका छन् ।
सदरमुकाम चैनपुरबाट भेडा तथा खच्चरमा खाद्यन्न ढुवानी गरिदै आएको भए पनि सीमा प्रहरी चौकी धुलीमा कार्यरत प्रहरीहरुलाई आवश्यक खाद्यन्न समयमै भण्डारण नगरिएका कारण खाद्यान्न अभाव भएको हो । चार महिना बाक्लो हिउँ पर्ने तथा बर्षायाममा समेत पहिरोले बाटो अबरुद्ध हुने भएकाले यहाँक बासिन्दा उपयुक्त सिजनमा बर्ष भरिका लागि खाद्यान्न खरिद गरेर भण्डारण गर्ने गर्दछन् । तर प्रहरी चौकीमाभने समयमा रासनको पैसा निकासा नहुने, निकासाभई हाले नगददिने गरेको र बाटो तथा ढुवानीको समस्याहुने भएका कारण पनि खाद्यान्न समास्या भएको हो ।
सीमा प्रहरी चौकी धुलीमा कार्यरत प्रहरी हवल्दार जयबहादुर तिरुवाले भन्न्नुभयो, ४०, ४५ जिल्लामापुगे तर यस्तो समस्या कहिल्यै भएन् । संकटकालको भन्दा बढी दुख पाएका छांै । उहाँले भन्नुभयो , “संकट कालमा त खानाका लागि त पाईन्थ्यो, तर यहाँ पैसा भएर पनी खाद्यान्न पाइँदैन । खाद्यान्न आउने भनेको भेडा खच्चडबाट नै हो । अहिले जेतनतेनगाउँलेहरुसँग पैँचो मागेर छाक टारिरहेका छौ । ”

प्रकाशित मिति: : 2020-09-16 16:56:31

प्रतिकृया दिनुहोस्