म्याक्सवेल र केरीको उत्कृष्ट शतकमा अष्ट्रेलियालाई उपाधि

म्याक्सवेल ‘प्लेयर अफ द सिरिज र प्लेयर अफ द म्याच’ चुनिए

विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तीन विकेटले पराजित गर्दै सिरिज जितेको छ। 

बुधबार राति भएकाे तेस्रो तथा अन्तिम ओडिआई खेलमा जितका लागि इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको बलियो लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेकाे थियाे। 

याेसँगै अष्ट्रेलियाले तीन ओडिआई सिरिज २–१ ले जितेको हो।

अष्ट्रेलियलाई जित दिलाउन तल्लोक्रममा म्याक्सवेलले ९० बलमा ४ चौका र ७ छक्का सहित १ सय ८ रनको सानदार इनिङ खेले। म्याक्सवेलले आफ्नो ओडिआई करिअरको दोस्रो शतक मात्र ८४ बलमा पूरा गरेका थिए। म्याक्सवेल ‘प्लेयर अफ द सिरिज र प्लेयर अफ द म्याच’ चुनिए।

अर्का विकेटकिपर एलेक्स केरीले १ सय १४ बलमा ७ चौका र २ छक्का सहित १ सय ६ रन जोड्दै ओडिआई करिअरको पहिलो शतक प्रहार गरे।

अष्ट्रेलियालाई म्याक्सवेल र एलेक्स केरीले छैटौं विकेटका लागि २ सय १२ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गर्दै जित सम्म पुर्याएका हुन्।

यता कप्तान ओरोन फिन्चलाई १२ रनमाआउट भए। उनलाई तेस्रो ओभरको पाँचौ बलमा क्रिस वोक्सले एलबिडब्लू आउट गरेका हुन्। 

यस्तै वोक्सले पाँचौ ओभरको अन्तिम बलमा मार्कस स्टोइनिसलाई ४ रनमा कप्तान ओईन मोर्गनबाट क्याच आउट गर्दै पेभिलिएन फर्काए। 

डेभिड वार्नरलाई पनि ११ औं ओभरको पाँचौ बलमा जो रुटले २४ रनमा बोल्ड आउट गराएका थिए। १३ औं ओभरको चौथो बलमा मिचेल मार्शलाई रुटले बटलरबाट २ रनमा क्याच आउट गराउँदै अष्ट्रेलियामाथि निरन्तर  दबाब बढाए।

यता मार्नस लाबुसेन २० रनमा रन आउट भएपछि बलियो लक्ष्य पछ्याई रहेको अष्ट्रेलिया ७३–५ को कमजोर अवस्थामा पुगेको थियो। उनलाई १७ औं ओभरको पाँचौ बलमा 

मिचेल स्टार्क ११ र प्याट कमिन्स ४ रनमा अविजित रहे। स्टार्कले ३ बलमा १ चौका र १ छक्का प्रहार गरे।

इंग्ल्यान्डका लागि जो रुटले ८ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए। क्रिस वोक्सले १० ओभरमा ४६ रन खर्चेर २ विकेट लिए। जोफ्रा आर्चर र आदिल राशिदले १–१ विकेट लिए।

त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २ रन बनाएको थियो। 

इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले १ सय २६ बलमा १२ चौका र २ छक्का सहित १ सय १२ रनको उत्कृष्ट शतकीय इनिङ खेले।

बेयरस्टोले ३७ औं ओभरको पाँचौ बलमा कमिन्सलाई छक्का प्रहार गर्दै १ सय १६ बलमा आफ्नो करिअरको १० औं ओडिआई शतक पूरा गरेका थिए। 

उनलाई  ४१ औं ओभरको पहिलो बलमा प्याट कमिन्सले बोल्ड आउट गरेका थिए। 


इंग्ल्यान्डका ओपनर जेसन रोय र जो रुट पहिलो ओभरको सुरुवाती दुई बलमै गोल्डेन डग आउट भएका थिए। तीव्र गतिका बलर मिचेल स्टार्कले रोयलाई ग्लेन म्याक्सवेबाट क्याच आउट गराए। दोस्रो बलमा स्टार्कले जो रुटलाई एलबिडब्लू आउट गरेका थिए।

यता ओइन मोर्गनलाई पनि स्पिनर एडम जाम्पाले स्टार्कबाट २३ रनमा क्याच आउट गरेका थिए। मोर्गनले २८ बलमा ४ चौका प्रहार गरे।

१९ औं ओभरको पहिलो बलमा कप्तान आरोन फिन्चबाट क्याच गराउँदै विकेटकिपर जस बटलरलाई ८ रनमा  जाम्पाले पेभिलिएन फर्काए।

यस्तै जाम्पाले ३८ औं ओभरको तेस्रो बलमा ५७ बलमा मिचेल मार्शबाट क्याच आउट गराउँदै शतकीय साझेदारी तोडेका थिए। बिलिंग्सले ५८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

टम करन १९ बलमा १ छक्का सहित १९ रनमा स्टार्कको बोल्ड आउटको शिकार हुन पुगे। क्रिस वोक्सले ३९ बलमा ६ चौका सहित ५३ रनमा अविजित रहँदै विशाल योगफल सम्म पुर्याए। आदिल राशिद ९ बलमा १ छक्का सहित ११ रनमा अविजित रहे।

एडम जाम्पाले ३ विकेट लिए। जसका लागि उनले १० ओभरमा ५१ रन खर्चेका थिए। 

यता मिचेल स्टार्कले १० ओभरमा ७४ रन खर्चेर ३ विकेट लिए। प्याट कमिन्सले १० ओभरमा ५३ रन खर्चेर १ विकेट लिए। 

पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी हुँदा दोस्रो खेलमा २४ रनले पराजित भएको थियो।

तीन टि२० सिरिज इंग्ल्यान्डले २–१ ले जितेको थियो। 

प्रकाशित मिति: : 2020-09-17 05:58:21

प्रतिकृया दिनुहोस्