नेपालको झण्डा अङ्कित दुई वटा रेल आज जनकपुर आउँदै

जनकपुर-जयनगर चल्ने दुई वटा रेल शुक्रबार नेपाल आउँदै छ।

भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित इन्जिन र बोगी नेपालको सीमामा जनयनगरमा बिहिबार आइपुगेकाे थियाे। 

भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत किनिएकाे रेल हाजीपुरबाट नेपाल भारतको सिमा जयनगर ल्याउन चार घण्टा लागेको थियो। 

रेल आज दिउँसो जनकपुर आइपुग्ने  रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।

रेल विभागले कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा रेलको बगी तथा इन्जिन खरिद गरेको छ।  ती रेल सेटको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको छ। 

झण्डै दुई वर्षदेखि रेल आउने भनेपनि आएको थिएन तर हाल जयनगरसम्म रेल आइसकेकोले अब भने रेल सञ्चालनमा आउने स्थानीय विश्वस्त भएका छन्। आवश्यक कानुन बनाएर दशैं-तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ। 

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ। कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ। 

रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो। रेल विभागले रेल सञ्चालनका लागि विभिन्न २९ वटा पदको लागि करारमा कर्मचारी समेत माग गरेको छन्

प्रकाशित मिति: : 2020-09-18 06:49:52

प्रतिकृया दिनुहोस्