आईपीएलको पूर्वसन्ध्यामा चेन्नई सुपरकिंग्सले आफ्ना स्टार अलराउण्डर रवीन्द्र जडेजालाई सम्मानित गरेको छ ।
चेन्नईले जडेजालाई सुनको तरवार गिफ्ट दिएको हो। उनी जब मैदानमा शतक वा अर्धशतक प्रहार गर्छन्, त्यसपछि बललाई तरवार जसरी नै घुमाउँछन्।
चेन्नईको अवार्ड समारोहमा कप्तान महेन्द्र सिंह धोनीलाई सुनको टोपी र अलराउण्डर जडेजालाई तरवार दिएको हो । दुबैले अवार्ड लिएको फोटो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
आईपीएलमा जडेजाले १०० भन्दा धेरै विकेट र १९०० भन्दा धेरै रन बनाएका छन् । उनी यति धेरै रन बटुल्ने र विकेट लिने पहिलो भारतीय क्रिकेटर पनि हुन् ।
उनले आईपीएलमा अहिलेसम्म् १०८ वटा विकेट लिएका छन् ।
Thank you to the @chennaiipl team for bestowing me with this award. Playing for this amazing franchise is an honor and an opportunity I cherish. Looking forward to the season.???????? pic.twitter.com/qE5T36eE48
— Ravindrasinh jadeja (@imjadeja) September 17, 2020