अस्पतालमा दुई महिनादेखि बन्धक दम्पती मुक्त, झुपडीमा फर्कियो खुसी 

लड्न आँटेको फुसको जीर्ण झुप्रो । झुप्रोमा न ढोका न खाट । हप्तौँदेखि चुलो नबलेको भान्सा । चारैतिर झार ढपक्क उम्रेको र आँगनमा घास भरिभराऊ । कसैको घरको अवस्था यसभन्दा कहालीलाग्दो सायदै हुन्छ । तैपनि घर पुग्दा शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीको मुहारमा खुसी थियो र नयाँ जीवन पाएको हर्ष । 

छिमेकीको कुटाइबाट घाइते भई अस्पताल भर्ना भएका र बिल तिर्न नसकेपछि अस्पतालले बन्धन बनाएका शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीको बुधबार उद्धार भयो ।

प्रकाशित मिति: : 2020-09-18 15:43:06

प्रतिकृया दिनुहोस्