त्यो रेल, यो रेल

शिव बोहरा

काठमाडाै‌

काठमाडौं-  केही दिन यता नेपालमा रेलको धेरै चर्चा चुलिएको छ। शुक्रबार नेपालले आफैं किनेका दुईवटा रेल सेट जनकपुर आइपुगेपछि रेलको चर्चाले  भएको हो। नेपालमा रेल सञ्चालनको पुरानो इतिहास छ। तर पछिल्लो समय केपी शर्मा ओलीले २०७४ मा भएको चुनावमा रेललाई मुख्य नाराको रुपमा प्रचार गरेसँगै रेलप्रति धेरैको चासो बढेको हो। 

नेपालमा रेल सेवाको इतिहास भने लामै छ। सन् १९२७ मा नेपालमा रेल सेवा सञ्चालनमा आएको थियो। उक्त रेल नेपाल सरकार रेलवे (एनजिआर) मातहतमा सञ्चालित थियो। पहिलो रेल रेलवे ७६२ एमएम न्यारो गेज हो। तत्कालीन बेलायती सरकारले भारतको रक्सौल–अमलेखगन्ज ३९ किलोमिटर रेलमार्ग निर्माण गरेको थियो। यसले अमलेखगन्ज–भीमफेदी हुँदै काठमाडौंसम्मको पैदलयात्रा सहज बनाएको थियो। उक्त रेल बाफ (स्टिम) इन्जिनबाट सञ्चालन हुन्थ्यो।

रक्सौल–अमलेखगन्ज रेल सन् १९६५ सम्म सञ्चालनमा थियो। महेन्द्र राजमार्गको सञ्चालनमा आएपछि यो रेलमार्ग इतिहास भएको हो। दोस्रो रेल अहिले चर्चामा रहेको जयनगर–जनकपुर रेल हो। सन् १९३७ मा सञ्चालनमा आएको यो रेल जयनगरदेखि विजलपुरासम्म सञ्चालनमा थियो। तत्कालीन बेलायत सरकारले नेपालबाट जडिबुटी, काठ तथा खनिज पदार्थ लैजानका लागि रेल सञ्चालन गरेको थियो। उक्त रेल पनि न्यारो गेजकै थियो।

प्रकाशित मिति: : 2020-09-18 18:02:58

प्रतिकृया दिनुहोस्