कुकुर, योद्धा र म

कुकुर
भोटे कुकुर बनाइदिएँ त्यसलाई
अनि म मालिक बनेँ
अरूमाथि लगाइदिन पनि मिल्ने
रोक्न पनि मिल्ने
म मालिकलाई पछ्याउँदै 
फ्वाँ फ्वाँ गरेर हिड्नु पर्ने भो
'चार्ज' भन्ने बित्तिकै झम्टिनुपर्ने
'नो' भन्ने बित्तिकै फर्किनु पर्ने
जब चाहियो 'चार्ज' गराउन मिल्ने
जब चाहियो रोकाउन मिल्ने
पाल्ने खर्च पनि गर्न नपर्ने
मेरो गडबडी! मेरो ज्यादती!!
मेरो बेईमानी !!!
रोक्न, रोकाउन जन्मेको होईन ऊ?
मैले त उसैलाई भोटे कुकुर बनाइदिएँ 
उ त मेरो सुरक्षा गर्छ अब
कसैको तागत छ बोल्ने? 
के कतै 'गन्ध' आएको छ? 
छैन, आउनै सक्तैन
सब बिधि सम्मत छ
त्यो हो मेरो खुबी
कसैले डाह गरेर हुन्छ? 

योद्धा
जबसम्म म बाँचेको  हुन्छु
कसैले चियाउनै पर्दैन
मदारीले बाँदर नचाहेको जस्तो 
म त नचाइरहेको छु यीनलाई
अरुले तालिम दिएको बाँदर नचाउन
धेरै नै कठिन हुँदोरहेछ
तर पनि बाँदर भनेको बाँदर नै हो
मौका पायो कि बिगार्छ उसले 
बनाउन केही पनि सक्तैन
जति पनि लुट्ने, जति पनि खाने
धम्क्याउने,  तर्साउने
लौरो देखाएर पनि पुगेन
भोटे कुकुर देखाएपछि 
बल्ल उ नाच्न थालेको छ
यसरी नचाउनु परेको छ
जो आफूलाई योद्धा ठान्छन्
के 'शिखण्डी'लाई योद्धा मान्छु म? 
हुनै सक्तैन - असम्भव ! वाइहात !!
हो, म अझै भन्छु
गाडा चढेर अमेरिका पुगेको होइन
पुगेको त अन्तको 'यान'बाट नै हो
म त भन तरवारको पुरानो 'म्यान' हु


त्यसैले म बाँचेको छु
आफ्नो तागत बढाएर बाँचेको छु
अरू उल्लुहरूलाई - 
सर्प, बिच्छी र भ्यागुते खेतीमा
हलगोरू सरह जोतिदिएको छु
उड्न खोज्नेलाई कहिले प्वाँख हालिदिन्छु
कहिले चंगाको जस्तो ग्वाँख झिकिदिन्छु
घुम खएर ज्यादै दुःख दिँदा
लामो पुच्छर झुण्ड्याइदिन्छु
अब पनि बगाबत गरे
डाँडा कटाइदिन्छु
पाल्पा, धनकुटा होइन
सरहद पारी उसैको घरमा पुर्‍याइदिन्छु
बेइमानीगर्न झन धेरै तागत चाहिन्छ
धेरै रफ्फाडफ्फा मिलाउनु पर्छ
अनि पो बाँचेको मात्र होइन 
मैले राजा महाराजा सरह भोग गरेको छु
जो सँग तागत हुन्छ
उसले नै हो धरतीको भोगगर्ने
मूर्ख हो ! तिमीहरुलाई नै अझ मूर्ख तुल्याएर 
तिमीहरुबाट, तिमीहरूमाथि नै
राज गर्न सक्नेलाई नै वीर भनिन्छ
म वीर हुँ
धरती भोगगर्ने मेरो अधिकार हो
सुनेका छैनौ, मूर्ख हो
वीरभोग्या वसुन्धारा!

प्रकाशित मिति: : 2020-09-19 12:39:00

प्रतिकृया दिनुहोस्