वीरगञ्जमा १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा ५२ मा कोरोना

 नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४५ जना बारा, ६ जना पर्सा र एक जना सर्लाहीका बासिन्दा रहेको अस्पतालका प्रवक्ता डा अतुलेशकुमार चौरसियाले बताए।

उनका अनुसार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा ११ महिलासहित ४ महिने शिशुदेखि ६८ वर्षका ५२ जनामा कोरोना पुष्टि भएको हो। पर्साका ६ जना संक्रमित वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका हुन्।

वीरगञ्ज बाल सुधार गृहका ३ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ। वीरगञ्ज ३ र वडा १९ मा एक/एक जना संक्रमित थपिएका छन्। 

यसैगरी कलैया उपमहानगरपालिकाको विभिन्न वडामा ३३ जना संक्रमित थपिएका छन्। 

यता बारागढी गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै इलाका प्रहरी कार्यालय बारागढीमा ८ जनामा कोरोना पुष्टि भएको छ। अठाई प्रहरी चौकीमा एक जना र सिखिपथरामा दुई जना कोरोना संक्रमित थपिएको प्रवक्त चौरासियाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-09-19 13:29:36

प्रतिकृया दिनुहोस्