चीनमा सिनेमा हल सञ्चालनलाई थप सहज बनाइने, ७५ प्रतिशत दर्शक राख्न पाइने

एजेन्सी

बेइजिङ

सिनेमा हल र अन्य प्रदर्शन स्थलमा कोभिड- १९ नियन्त्रणका लागि चीनले लगाउँदै आएको प्रतिबन्ध थप खुकुलो बनाएको छ । 

यो वर्षको सुरुदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा अन्य नाटक प्रदशर्नीमा प्रतिबन्ध लगाएको थियो । तर, चीनमा महामारी नियन्त्रणमा आएपछि गत महिनादेखि  सिनेमा हल तथा नाटक प्रदर्शनलगायतमा सीमित दर्शक राखी सञ्चालन गर्ने अनुमति दिएको थियो ।

उक्त दायरालाई फराकिलो पार्दै छिट्टै प्रतिबन्धलाई थप खुकुलो बनाउने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । आगामी दिनमा हलमा दर्शक संख्या ७५ प्रतिशत राख्न पाउने पनि मन्त्रालयले जनाएको छ ।

स्थानीय अधिकारीको सहमतिले कम जोखिम भएका क्षेत्रहरूमा व्यावसायिक प्रदर्शनलाई अनुमति दिइनेछ । हलभन्दा बाहिर हुने प्रदर्शनका लागि स्थानीय संक्रमण खतराको अवस्था हेरी क्रमशः प्रतिबन्धलाई खुकुलो पारिनेछ ।

प्रकाशित मिति: : 2020-09-19 20:47:26

प्रतिकृया दिनुहोस्