चेन्नाईकाे राेमाञ्चक जितमा रायुडू र डु प्लेसिसकाे अर्धशतक

अम्बाती रायुडू र फाफ डु प्लेसिसकाे अर्धशतकीय इनिङ्सँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा राेमाञ्चक जितसहित विजयी सुरुवात गरेकाे छ। 

युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सुखद सुरुवात गरेको हो।

चेन्नईका लागि रायुडू र डु प्लेसिसले अर्धशतकीय पारी खेलेका थिए। रायुडूले ४८ बलमा ६ चाैक र ३ छक्कासहित ७१ रन बनाए। 

यस्ता डु प्लेसिसले ५८ रनको योगदान दिए। उनले ४४ बलमा ६ चौका प्रहार गर्दै अविजित रहे। यता साम करनले आक्रमक ब्याटिङ् गर्दै २ छक्का र एक चाैकासहित १८ रन बनाए भने  रविन्द्र जडेजाले १० रन बनाए।

यस्तै चेन्नाईका अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन्। 

चेन्नाईका मुरली विजय र शेन वाटसनले क्रमशः एक र चार रन बनाए भने 

मुम्बईका ट्रेन्ड बोल्ट,जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डय र राहुल चाहरले १/१ विकेट लिए ।

यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो। 

मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक रन बनाए। उनले  ३१ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडेका थिए।  यस्तै डी कक ३३ रनमा आउट भए। उनले २० बलमा ५ चौका प्रहार गरे। अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

मुम्बईका काइरन पोलार्ड १८, सूर्यकुमार यादव १७, हार्दिक पान्ड्या १४, रोहित शर्माले १२, जेम्स प्याटिनसन ११, क्रुनाल पान्ड्या तीन र ट्रेन्ट बोल्ट शून्यमा आउट भए। 

जस्प्रित बुमराह ५ रनमा अविजित रहे।

चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए।  पियुष चवलाले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए। 

साम करनले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए। लुन्गी एनगिडीले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए। 

दीकप चहरको ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए।
 

प्रकाशित मिति: : 2020-09-19 23:35:44

प्रतिकृया दिनुहोस्