मन्त्रीहरू अक्षम, प्रधानमन्त्रीचाहिँ सक्षम ?

बाह्रखरी

काठमाडाैं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्षको मङ्सिरमा चालु आर्थिक वर्षमा ८० प्रतिशत पुँजीगत खर्च पुर्‍याउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मङ्सिर पाँच गते नवनियुक्त मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै फागुनसम्म ५० प्रतिशत पुँजीगत खर्च निकाल्न र आर्थिक वर्षको अन्त्यसम्म ८० प्रतिशतको परिणाम निकाल्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

तर, परिणाम त्यस्तो भएन । वर्षभरिको पुँजीगत खर्च जम्मा ४६.८ प्रतिशत मात्रै भयो । प्रधानमन्त्रीले फागुनसम्म गर्ने भनेको लक्ष्य वर्षभरिमा पनि भेटिएन । प्रधानमन्त्री ओलीले भनेको आधारमा ८० प्रतिशत पुर्‍याउनका लागि ३ खर्ब २६ अर्बरुपैयाँ खर्च हुनुपर्ने थियो । तर एक खर्ब ९१ अर्बमात्रै वर्षभरिमा खर्च भयो ।  मन्त्री र सचिवलाई संयुक्तरुपमा दिएको निर्देशन पूरा गर्न अरु  एक खर्ब ३५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने थियो । तर उक्त रकम खर्च हुन सकेन ।

प्रकाशित मिति: : 2020-09-22 12:21:37

प्रतिकृया दिनुहोस्