लकडाउनपछि १ लाख ४५ हजारले उपत्यकाको ‘अस्थायी बसोबास’ छाडे

रातोपाटी

काठमाडौँ

राजेश भण्डारी 

सिन्धुलीका कश्यप कार्की (नाम परिवर्तन) काठमाडौँको एउटा भेहिकल (गाडी भाडामा दिने कम्पनी)मा काम गर्थे । नयाँ बानेश्वरमा कोठा लिएर भाइबहिनीलाई पनि यतै पढाएका थिए । चैत ११ मा लकडाउन भएपछि उनको अफिस बन्द भयो । अनि डेराको सामान आफन्तको घरमा राखेर उनले काठमाडौँ छाडे ।

कोभिड–१९ को जोखिमबाट बच्न सरकारले लकडाउनको निर्णय गरेपछि कश्यपजस्ता लाखौँले रोजगारी गुमाए । रोजीरोटीको समस्यासँग हारेपछि डेरामा बसेर गुजारा गर्ने थुप्रैले काठमाडौँ उपत्यका छाडेका छन् । उपत्यका छाड्नेमा रोजगारी गुमाउनेहरु, मजदुर वर्ग र स्वरोजगारमार्फत दिनभर काम गरेर बेलुका छाक टार्ने धेरै छन् ।

चैतपछि सरदर १ लाख ४४ हजार ६ सय ३३ जनाले काठमाडौँ छाडेका छन् । कोभिड–१९ को जोखिम थप बढ्दै गएको र गुमाएको रोजगारी  फिर्ता हुने सम्भावना न्यून भएपछि ६ महिनादेखि आफ्नो पुख्र्यौली थातथलोमा फर्र्किएकाहरु उपत्यका फर्किने सम्भावना पनि न्यून छ ।

प्रकाशित मिति: : 2020-09-24 10:52:37

प्रतिकृया दिनुहोस्