कुलमानले छाडेपछि बिजुली गएको गयै, संयोग मात्र हो कि षड्यन्त्र शुरू भो ?

लोकान्तर

काठमाडौँ

ईश्वर अर्याल

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङको बहिर्गमनपछि फेसबूक ट्वीटर लगायत सामाजिक सञ्जालमा विना पूर्वसूचना विद्युत काटिएको गुनासो बढ्न थालेको छ ।

लोडसेडिङलाई 'इतिहास' बनाएका कुलमानको पुनर्नियुक्ति चाहनेको संख्या ठूलै छ । बेलाबेलामा सडकमा कुलमानको पुनर्नियुक्तिलाई लिएर प्रदर्शन पनि हुने गरेको छ ।

यतिबेला आम उपभोक्ताको चासो छ- अब फेरि लोडसेडिङ हुने हो कि ! धेरैले सामाजिक सञ्जालमा लोडसेडिङको युग पुनः शुरूआत भएको भन्दै लाइन काटिएको गुनासो गर्न थालेका छन् ।

विद्युत प्राधिकरण बाग्मती प्रदेश कार्यालयका कतिपय शाखामा फोन गरेर बुझ्दा आक्कलझुक्कल विद्युत जाने समस्या देखिएको र उपभोक्ताको गुनासो बढेको पाइएको छ ।

प्रकाशित मिति: : 2020-09-24 10:57:37

प्रतिकृया दिनुहोस्