सरकारलाई गिज्याउँदै टेकुको लाइन, २० घण्टा झरीमा रुझेर कोरोना परीक्षण !

गगन अर्याल

काठमाडाैं

रौतहटको गौर नगरपालिका– ४ का ५५ वर्षीय अली मियाँ अन्सारी हिजो (बुधवार) बेलुका ८ बजेदेखि कोरोना परीक्षणका लागि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा लाइन बसेका रहेछन् ।

उनीसँगै ५० वर्षीय मन्सुल अन्सारी पनि लाइनमा भेटिए । 

काठमाडौंको कालीमाटी आसपास क्षेत्रमा साइकलमा कपडा बेचेर जीविकोपार्जन गर्दै आएका अन्सारीद्वय हिजो बिहान गौरबाट काठमाडौं आएका रहेछन् ।

घरबेटीले पीसीआर परीक्षण गरेर नेगेटिभ भएको खण्डमा मात्रै कोठामा बस्न दिने बताएपछि उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निःशुल्क कोरोना परीक्षणका लागि लाइनमा बसेका थिए । 

हिजो बेलुका ८ बजे लाइन बस्दा उपत्यकामा झरि परिरहेको थियो, तर उनीहरूसँग छाता थिएन । दुवै जनाले १५०/१५० उठाएर एउटा छाता किनेर दुवै जनाले त्यसैको सहारामा रात बिताएको उनले लोकान्तरलाई बताए ।

प्रकाशित मिति: : 2020-09-24 17:12:34

प्रतिकृया दिनुहोस्