प्रदेश र सङ्घले स्थानीय तहसँग समन्वय गर्नैपर्छ

गोरखापत्र

सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको सबैभन्दा ठूलो नगरपालिकाका रूपमा परिचित छ । कर्णाली प्रदेश प्रवेश गर्ने प्रवेशद्वार पनि भएकाले दिनानुदिन यहाँ जनघनत्व बढिरहेको छ भने प्रदेशका सबै जिल्लाका बासिन्दा वीरेन्द्रनगरमा छन् । स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष पुग्यो । यस अवधिमा जनताले आशा गरेअनुसार काम गर्न नसकेको आरोप लगाइरहेका छन् भने नगरपालिकाले सीमित साधनस्रोत, कानुनी जटिलता, जनताका असीमित आकाङ्क्षाले गर्दा काम गरे पनि प्रतिफल आउन नसकेको स्वीकार गरेको छ । यिनै सेरोफेरोमा रहेर वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालसँग गोरखापत्रका कर्णाली प्रदेश संयोजक ललित बसेलले गर्नुभएको कुराकानीको सारसङ्क्षेप प्रस्तुत छ :

स्थानीय सरकार गठनपछिको अवधिमा वीरेन्द्रनगर नगरपालिकाले हासिल गरेका उपलब्धि केके हुन् ?

तीन वर्षको अवधिमा नगरपालिकामा धेरै काम भएको हामीले ठानेका छौँ । सबैभन्दा पहिला त ऐन नियम नै थिएन । काम गर्दा के कसरी गर्ने भन्ने अन्योल थियो । त्यसकारण नगरपालिकाले अहिलेसम्म आवश्यक पर्ने सबैजसो ऐन नियम बनाइसकेको छ । ऐन नहुँदा काम गर्न पाइएन भन्ने अवस्था छैन । जनतालाई घरदैलोमै सरकारी सेवा पु¥याउनुपर्छ भन्ने उद्देश्यले नगरका सबै वडाबाट सरकारी सेवा प्रदान गरिएको छ । सबै वडामा वडा स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा दिइरहेका छौँ । सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधारको विकास भएको छ । गाडी नपुगेको दुईवटा वडामा गाडी पु¥याइएको छ । यहाँको प्रमुख पर्यटकीय स्थलहरू बुलबुलेको विस्तार भइरहेको छ भने काँक्रेविहारलाई खुला चिडियाखानाका रूपमा विकास गर्ने कार्य जारी छ ।
नगरभित्रका ३६ वटा सडकको मर्मत तथा स्तरोन्नति गर्ने काम तीव्ररूपमा भइरहेको छ । हिंसापीडित महिला बालबालिकाका लागि सुरक्षित भवन बनाउने क्रममा छौँ । नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय अपाङ्गतामैत्री बनाउन भनिएको छ । दुई वर्षभित्र नगरलाई बालविवाह मुक्त बनाउने अभियानमा छौँ । छोरी जन्माउने कार्यलाई प्रोत्साहन गर्न छोरी जन्म बचत कार्यक्रम सञ्चालन गरेका छौँ । सुर्खेतको चक्रपथ निर्माणको काममा देखिएका केही साना समस्यालाई समाधान गरेर पूरा गरिनेछ । ४० शøयाको नगर अस्पताल सञ्चालनको क्रममा छ । पूर्वाधार, शिक्षा र प्रशासनिक क्षेत्रमा उल्लेख्य उपलब्धि भएको छ ।

प्रकाशित मिति: : 2020-09-25 09:24:06

प्रतिकृया दिनुहोस्