जति इँटा थप्यो, त्यति थपिन्छ नरबहादुरको खुसी

नेपाल लाइभ

काठमाडौँ

निर्मला घिमिरे

त्यही परिवेशमा भत्किएर अस्वाभाविक बनेको दरबारको आँगनमा इँटा थपिरहेका भेटिन्छन् उदयपुरका ४५ वर्षीय नरबहादुर खड्का। 
‘यो कामबाट कति कमाइ हुन्छ ?,’ मैले उनलाई सोधेँ। 

‘दैनिक ज्यालाको हिसाबले ८ घण्टा काम गर्दा १२ सय कमाइ हुन्छ। ठाउँ नापेर काम गर्दा १५ सयसम्म हुन्छ’, उनले सजिलै जवाफ फर्काए। 

नरबहादुर ठाउँ नापेर इँटा भर्छन्। एक मिटर इँटा छापेको १ सय ५० कमाइ हुन्छ। दिनभरिमा उनी १५ सयसम्म कमाइ गर्छन्। 
‘त्यसो भए घर खर्च राम्रोसँग चल्छ ?’ उनलाई यो अर्को प्रश्न थियो। 

बसन्तपुरमा पहिलेजस्तो चहलपहल छैन। नत ठूलाठूला क्यामेरा बोकेर तस्बिर खिच्दै हिडिरहेका गोराहरु नै भेटिन्छन् हिजोआज। 

साँझपख बसन्तपुर दरबारसँग ठोकिएर फर्कने हावासँगै रमाउनेहरुको चाप पनि त घटेको छ। तर त्यहाँ भूकम्पले तहसनहस पारेको दरबारको रुप फेरिरहेकाहरु भने उस्तै गरी खटिइरहेका छन्।

त्यही परिवेशमा भत्किएर अस्वाभाविक बनेको दरबारको आँगनमा इँटा थपिरहेका भेटिन्छन् उदयपुरका ४५ वर्षीय नरबहादुर खड्का। 
‘यो कामबाट कति कमाइ हुन्छ ?,’ मैले उनलाई सोधेँ। 

‘दैनिक ज्यालाको हिसाबले ८ घण्टा काम गर्दा १२ सय कमाइ हुन्छ। ठाउँ नापेर काम गर्दा १५ सयसम्म हुन्छ’, उनले सजिलै जवाफ फर्काए। 

नरबहादुर ठाउँ नापेर इँटा भर्छन्। एक मिटर इँटा छापेको १ सय ५० कमाइ हुन्छ। दिनभरिमा उनी १५ सयसम्म कमाइ गर्छन्। 
‘त्यसो भए घर खर्च राम्रोसँग चल्छ ?’ उनलाई यो अर्को प्रश्न थियो। 

प्रकाशित मिति: : 2020-09-25 13:19:49

प्रतिकृया दिनुहोस्