सिर्जनाको बास्ना पाउनै सकिनँ !

बाह्रखरी

काठमाडौँ

(कवि डा. विष्णुविभु घिमिरेको नाम आफैंमा पूर्ण परिचय हो । नेपाली साहित्यमा लामो समयदेखि क्रियाशील घिमिरे कुनै समय लोकप्रिय साहित्यिक मासिक पत्रिका ‘गरिमा’ का सम्पादक थिए । साझा प्रकाशनको अध्यक्षसमेत भइसकेका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति घिमिरेसँग नेपाली साहित्य र उनको साहित्यकर्मलाई लिएर लामो कुराकानी भयो । प्रस्तुत छ, डा. घिमिरेसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सार ।)

पछिल्लो समयमा तपाईंको दिनचर्या कस्तो चलिरहेको छ ? केही अघिसम्म प्रज्ञा प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्यहीअनुसारको कार्यबोझ थियो होला । तर अहिले पदबाहिर हुनुहुन्छ । 
पदमा रहँदा नै पदबाट बाहिरिएपछि केही कामहरू गर्छु भन्ने थियो । केही कामलाई पूर्णता दिन्छु भन्ने सोचेको थिएँ । खासमा, नेपाली भाषा साहित्यका क्षेत्रमा नयाँ जागरणको आवश्यकता महसुस गर्दै, नयाँ जागरण के–के हुनसक्छ ? भन्ने विषयमा विचार गर्दै कामको खाका कोर्दै थिएँ । मुलुकमा लोकतन्त्र आइसकेपछि नयाँ जागरण के–के हुनसक्छ भन्ने विषयमा मूलतः सोचिएको हो । सबै विचारका मानिसहरूबाट यी सबै कुरालाई समेटेर तिनका विचार बुझौं । उक्त काममा साथीहरूको पनि सहयोग पनि लिउँ । गरिएको कामले सबैलाई हौसला पनि मिलोस् भन्ने अवधारणाका साथ उक्त विषयमा म प्रवेश गरिसकेको पनि थिएँ । 

प्रकाशित मिति: : 2020-09-26 09:19:23

प्रतिकृया दिनुहोस्