मनकुमारीको मन [कथा]

नेपाल लाइभ

काठमाडौँ

आनन्द वंश न्यौपाने

भित्तेघडीको टिकटिक आवाजले कोठाभित्रको सन्नाटालाई चिरिरहेको छ। फागुनको महिना। मौसम हल्का गर्मी हुँदै गइरहेको छ। गर्मीलाई बाहिर धकेल्दै झ्यालबाट हावा भित्रबाहिर गरिरहेको छ। बाहिर प्यासेजमा बेलाबेलामा मानिसहरू ओहोरदोहोर गरेको नबुझिँदो गाँइगुइँ भने प्रष्टै सुनिन्छ। नेपालमा पनि कोरोना पुष्टि भएको एकाध घटनाहरू आइरहेका छन्। यसले मानिसहरूमा केही त्रास उत्पन्न गराएको छ।  

इमर्जेन्सी वार्ड नेर 'एल्लो जोन'मा तीन ओटा बेड छन्। यौटा खाली छ। दुई ओटामा बिरामी राखिएका छन्। दुईमध्ये एकमा भर्खरै बिरामी ल्याएर राखिएको। भित्तामा पेटको भित्री भागहरू देखाइएको एनाटोमिकल पोस्टरहरू टाँगिएका छन्। मनकुमारीको आँखा घरीघरी तिनै पोस्टरहरूतिरै घुमिरहन्छन्। अनि फेरि श्रीमान्‌तिरै। 

प्रकाशित मिति: : 2020-09-26 15:53:37

प्रतिकृया दिनुहोस्