घरबहाल कानुन नहुँदा घरबेटीको ‘दादागिरी’

आयोमेल

काठमाडौँ

अंगदबहादुर सिंह

घरबेटी र भाडावालबीच मनमुटाव, तनाव, असन्तुष्टि, विभेद, थिचोमिचो, द्वन्द्व र अवहेलना हुने कुरा वर्षौंदेखि चल्दै आइरहेको छ।

घरबेटी र भाडावालबीच कहिल्यै सौहाद्र्रपूर्ण सम्बन्ध विकास हुन सकेको छैन।

घरधनी र भाडावालबीच सामान्य किसिमका विवाद वर्षौंदेखि चल्दै भोग्दै आइरहेको भए पनि अहिले ज्यानसम्म लिने घटना घट्न थालेका छन्।

जसको प्रत्यक्ष उदाहरण हो- कीर्तिपुरमा घरबेटीले ढोकाको गजबार (आग्लो) प्रहार गरी भाडावाल शम्भु चौधरीको हत्या गर्नु।
घरबहालका सम्बन्धमा निश्चित मापदण्ड, नियमकानुन नबन्दा घरबेटी र भाडावालबीचको दुरी बढ्दै गएको र ज्यानसम्म लिने घटना

घट्न थालेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन्।

यस्ता दुरी वर्षौंदेखि कायम छन्। भाडावालसँग गुनासाका चाङ छन्। तर, सुन्ने निकाय छैनन्।

वर्षौंदेखि घरधनी र भाडावालबीचको दाउपेच गुमनाम भए पनि अहिले बाहिर आउन थालेको छ।

सर्वसाधारण भाडावाल र घरबहालसँग प्रत्यक्ष सरोकार राख्ने घरबहालका सम्बन्धमा सरकारले कानुन बनाइ मापदण्ड लागू गर्नुपर्ने आवाज उठाइरहेका छन्।

अध्यक्ष तिमिल्सिना घरबहालका सम्बन्धमा कुनै कानुन नहुँदा घरधनीको मनमर्जी चलेको तर भाडावालको बेहाल भएको बताउँछन्।

प्रकाशित मिति: : 2020-09-26 15:58:45

प्रतिकृया दिनुहोस्