विज्ञापन, मनोविज्ञान र गुणस्तर

शिलापत्र

काठमाडौँ

राजेश शर्मा

दुई जना युवती नृत्यका लागि अडिसनमा जान्छन् । एक कालो वर्णकी हुन्छिन्, अर्की गोरी । कालो वर्णकी युवतीकाे नृत्य असाध्यै राम्रो हुन्छ, तर निर्णायकले उनलाई सहायक नृत्यका लागि छनोट गर्छन् र गोरो वर्णकी युवतीलाई मुख्य रोल दिन्छन् । क्षमता हुँदाहुँदै पनि मुख्य भूमिका नपाउनुको कारण कालो वर्ण भएकाले हो । अब फेयर एण्ड लभ्ली लगाऊ भन्ने सुझावपछि उनी मुख्य भूमिकामा छनोट हुन्छिन् । भारतीय टेलिभिजनमार्फत यो विज्ञापन नेपालमा सुन्न र हेर्न सकिन्छ ।

विगतमा भारतमा पनि चर्चामा रहेको नेपालीमा पनि डब गरिएको अर्को चर्चित विज्ञापन छ, फेयर एण्ड लभ्लीकै । विवाहका लागि केटी हेर्न एक युवक घरमा आउँछन् । केटी काली देखेपछि उनले इन्कार गर्छन्, युवती चिन्तामा परेको देखेर फेयर एण्ड लभ्ली लगाउन सुझाव दिएपछि उनै युवकले गोरो देखेर विवाह गर्न तयार हुन्छन् । अहिले पनि विवाह र गोरोपनलाई जोडेर यस्ता विज्ञापन निरन्तर टेलिभिजनमा प्रसारण भइरहेका छन् ।

यस्तै, 'फेयर एण्ड ह्यान्ड्सम' को विज्ञापन पनि कालोलाई गोरो बनाउने, ‘कालो भनेको नराम्रो हो गोराेपन भनेको शान हो’ भन्ने आशयका साथ प्रसारण भइरहेको छ । अरू धेरै सौन्दर्य सामग्री उत्पादकले कालो वर्णलाई कमजोरी देखाएका छन् । १५ मिनेटमा गोरोपन आउने हाँस्यास्पद विज्ञापनसमेत हामीले हेरिरहेका छौँ । के कालो वर्ण हुनेहरूको कुनै क्षमता हुँदैन ?

प्रकाशित मिति: : 2020-09-27 08:38:20

प्रतिकृया दिनुहोस्