सिजी मोटोकर्पको बदमासीमा राष्ट्र बैंकले अनुसन्धान गर्ने, यस्तो हुनसक्छ कारबाही

 शिव बोहरा

काठमाडौं

काठमाडौं- सिजी मोटोकर्पले दर्ता नै नगरि मनमौजी रुपमा फाइनान्स गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले यसबारेमा छानबिन तथा अनुसन्धान सुरु गर्ने भएको छ। वित्तीय कारोबार गर्नका लागि राष्ट्र बैंकबाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ। तर सिजी मोटोकर्पले मनोमानी रूपमा कार खरिद गर्नेलाई 'इन हाउस फाइनान्स' का नाम कर्जा लगानी गर्दै आएको छ। 

सिजी मोटोकर्पले मारुती सुजुकीका गाडी किन्नेलाई २० देखि २५ प्रतिशत डाउनपेमेन्ट गराएर बाँकी फाइनान्स गर्दै आएको पाइएको हो। कम्पनीले त्यसरी गाडी किन्नेलाई उनीहरुको नाममा नामसारी समेत गर्ने गरेको छैन। 

सिजी मोटोकर्पले दर्ता नै नगरी सवारी खरिद गर्नेलाई 'इनहाउस फाइनान्स' को नाममा कर्जा दिइरहको छ। यसरी वित्तीय कारोबार गर्न पाइन्छ ? भन्ने जिज्ञासामा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले वित्तीय कारोबार गर्न केन्द्रीय बैंकबाट अनिवार्य स्वीकृति लिनु पर्ने बताए। ‘केन्द्रीय बैंकबाट स्वीकृति नलिइ वित्तीय कारोबार गर्नु गैरकानुनी कार्य हो,’ उनले भने, ‘यस विषयमा केन्द्रीय बैंकले अनुसन्धान गरेर आवश्यक कारबाही गर्छ।’ 

प्रकाशित मिति: : 2020-09-28 09:35:45

प्रतिकृया दिनुहोस्