अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स निर्माताहरू ऋण लिएर ब्याज र किस्ता तिर्दै

नेपाल लाइभ

काठमाडौँ

अरुण सापकोटा

अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स निर्माताहरू थप ऋण लिएर ब्याज र किस्ता तिर्न थालेका छन्। कोभिड- १९ का कारण घर जग्गा तथा निर्माणको चरणमा रहेका तथा निर्माण भइसकेका व्यवसायीले पनि कर्जाको व्याज र किस्ता तिर्न नसक्ने अवस्थामा रहेको नेपाल घरजग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनीले बताए। 

व्यवसायीले साउन महिनामा मात्रै यस अगाडि लिएको कर्जाको व्याज र सावाको लागि थप ६९ करोड ५० लाख रुपैयाँ ऋण लिएका हुन्। कोभिडका कारण नयाँ व्यवसायिक कम्प्लेक्स तथा अपार्टमेन्ट नआएको अवस्थामा बैंकहरुको यस्तो क्षेत्रमा कर्जा थपिनु भनेको त्यो ब्याज र किस्ताका लागि लिइएको रकम भएको भेषराज लोहोनी बताउछन्। कोभिड अगाडि नै नयाँ अपार्टमेन्ट तथा व्यवसायीक कम्प्लेक्स आउन सकेको थिएन। कोभिडपछि झन् नयाँ योजना बनाउनै नसकिएको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2020-09-28 16:00:38

प्रतिकृया दिनुहोस्