यात्रु चाप थोरै, तर बसपार्क उस्तै भद्रगोल

आयोमेल

काठमाडौँ

अंगदबहादुर सिंह 

यात्रु : सिट छ भनेर क्याबिनको टिकट किन दिनुभयो?

काउन्टरवाला : सिट छ तर, क्याबिनमै जानुस् न भैहाल्छ नि!

यात्रु : हिजो सिटको टिकट काट्ने अहिले क्याबिनमा जा भन्ने! मलाई पैसा फिर्ता चाहियो!

काउन्टरवाला : क्याबिनमा जाऊ बैनी अहिले त्यस्तै छ, अवस्था मिलाएर गरौं!

यात्रु : क्याबिनमा पनि मान्छे छन्, मलाई पैसा फिर्ता चाहियो। त्यति टाढासम्म यत्रो पैसा तिरेर मरिमरी जानु छैन!

...

काठमाडौं गोंगबुमा यात्रु र काउन्टरवालाबीच भनाभन भइरहेको थियो। 

उनले शनिबार काठमाडौंबाट जुम्लासम्मको टिकट काटेकी थिइन्। 

काउन्टरवालाले डिलक्स बसमा सिट छ भनेर दिएको टिकट उनी बसपार्क पुगेपछि नर्मल पाइयो। अनि बस्ने पनि क्याबिनमा।

काठमाडौंदेखि जुम्लासम्मको भाडा अहिले ४ हजार २ सय ५० रुपैयाँ छ।

उनी बारम्बार त्यत्रो पैसा तिरेर क्याबिनमा कोच्चिएर जान सकिँदैन भनेर काउन्टरवालालाई भनिरहिन्।

केहीबेरको भनाभनपछि उनले पैसा फिर्ता पाइन्। 

‘ठगहरू...!’ भन्दै उनी बसपार्कबाट बाहिरिइन्। 

प्रकाशित मिति: : 2020-09-28 16:04:31

प्रतिकृया दिनुहोस्