लेखा समितिमा बहस : असारे विकासबाट ‘उछार’ नपाइने भो !

बाह्रखरी

काठमाडाैं

पोखरा । आर्थिक वर्षको पहिलो चौमासिकभित्रै योजना छनोट गरिसक्ने र कार्यान्वयनमा पठाउने गण्डकी सरकारको घोषणा कार्यान्वयन भने नहुने भएको छ । विकासे मन्त्रालयका मन्त्री र सचिवले पहिलो चौमासिकभित्र योजना छानेर कार्यान्वयनमा लैजान सम्भव नभएको तर प्रयास गरिरहेको बताएका छन् ।

आर्थिक वर्ष २०७७-०७८ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री किरण गुरुङले भनेका थिए, “आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश आयोजना तथा कार्यक्रमलाई तोकिएको समयमा सम्पन्‍न गर्न आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सम्पूर्ण प्रक्रिया पूरा गरी कार्यान्वयनमा जाने व्यवस्था मिलाएको छु ।” 

प्रकाशित मिति: : 2020-09-28 21:20:28

प्रतिकृया दिनुहोस्