न यात्रुलाई डर छ, न चालक जिम्मेवार

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाको फूलबारीका समीर शर्मा सोमबार बिना मास्क आफ्ना साथीलाई बसमा पुगाउन धनगढी बसपार्क पुगे। डोटीको दिपायलमा रहेको प्राविधिक शिक्षालयमा ओभरसेयरको प्रवेश परीक्षा फाराम भर्नका लागि जान थालेका साथीलाई पुर्‍याउन उनी बसपार्क आएका हुन्।

‘भर्खर लगाएको थिए, पसिनाले भिज्यो र फालि दिएँ’ अन्नपूर्णको टीमसँग उनले भने,‘अब किनेर लगाउछु।’ १२ कक्षामा पढिरहेका उनको मुखमा मास्क नभएपनि, उनी आफूले लापरवाही गरेकोमा पछुताएझैं देखिन्थेँ। ‘सरी अंकल, म किनेर ल्याउछु’ मास्क देखिएको पसलतिर जाँदै उनले भने।

समीरसँगै १५ जना युवा युवतीको समूह बसपार्कमा थियो। एसईई पास गरेका विद्यार्थीहरु दिपायलमा रहेको प्राविधिक शिक्षालय (सरकारी) मा प्रवेश परीक्षा दिन हुल बाँधेर बसपार्क पुगेका थिए। एसईई दिएका विद्यार्थी आफैँमा जागरुक हुन्छन्। तर उनीहरुमध्ये छात्राबाहेक अधिकांश छात्रहरुले भने मास्कको प्रयोग गरेका थिएनन्।
‘गाउँमा खासै कोरोनाको डर त्रास छैन, त्यहाँ लगाइन्न पनि। त्यस्तै होला भनेर विना मास्क आएको, अब किन्न जाने हो’ समिरसँगै रहेका अर्का युवा सुरेन्द्र बोहराले भने। ‘बसपार्कमा बढीजसो यात्रु, बस स्टाफ कसैले पनि मास्क लगाएका छैनन्, अनी यस्तै त हो नी भन्ने लाग्यो।’ 

सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दुरीको पनि यातायात खोलेपछि अहिले बसपार्कहरुमा चहलपहल बढन थालेको छ। सरकारले जारी गरेको निर्देशनमा हरेक सार्वजनिक सवारी साधनलाई, यात्रु चढनु पूर्व डिस्सेन्ट्राईज गर्नुपर्ने, चालक र सहचालकले अनिवार्य रुपमा मास्क लगाउने, हरेक यात्रुलाई बस मालिकले भित्र प्रवेश गर्ने बेला हात धोएर वा स्यानीटाईजर गरेर मात्रै बसाउने उल्लेख छ।

प्रकाशित मिति: : 2020-09-28 22:08:20

प्रतिकृया दिनुहोस्