युएईमा जारी १३ औं संस्कणको ईन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले सोमबार मुम्बई इन्डियन्सलाई रोमाञ्चक खेलमा सुपर ओभरमा पराजित गरेको छ। जितका लागि चाहिएको ८ रन बेंग्लोरले अन्तिम बलमा पूरा गर्दै जित निकालेको हो
जसप्रित बुमराहको बलिङमा एबी डी भिल्लियर्स र कप्तान विरोट कोहलीले ११ रन जोडे। कोहलीले विजयी चौका प्रहार गरे।
मुम्बईले पहिले ब्याटिङ गर्दै नवदीप सैनीको बलिङमा एक विकेट गुमाएर ७ रनमात्र बनाउन सक्यो ।
यसपल्टको प्रतियोगितामा खेल सुपर ओभर पुगेको यो दोस्रोपल्ट हो।
यसअघि पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा तीन विकेट गुमाएर २ सय १ बनायो ।
दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन जोडेको थियो।
बेङ्ग्लोरका लागि तीन खेलाडीले अर्धशतक बनाए। जसमा एबि डि भिलियर्सले सर्वाधिक अभिजित ५५ रन जोडे। त्यस्तै देबदत्त पार्डिकलले ५४ रन र आरोन फिन्सले ५२ रन जोडे। त्यस्तै शिभम् दुबे २७ रनमा अभिजित रहे।
कप्तान बिराट कोहली आजको खेलमा पनि जमेनन्। ११ बलमा ३ रन जोड्दै कोहली आउट भएका थिए।
मुम्बईका लागि ट्रेन्ट बोल्टले सर्वाधिक २ विकेट लिँदा राहुल चाहरले १ विकेट लिए।
जवाफी ब्याटिङ गरेको मुम्बईले २० ओभरमै ५ विकेट गुमाएर २ सय १ रन बनायो र खेल टाइ भयो ।
मुम्बईका लागि भारतीय युवा खेलाडी इशान किशनले सर्वाधिक ९९ रन बनाए । किरोन पोलार्डले ६० रन बनाए र नटआउट रहे । हारको संघारमा रहेर मुम्बई खेलमा फर्कन सफल रहेको हो।
सुरुमै धर्मराएको मुम्बइको पारी इसान किसनले सम्हालेका थिए। उनी शतक बनाउन १ रनले चुके।
बेङ्ग्लोरका लागि इसुरु उडनाले २ विकेट तथा वासिङ्टन सुन्दर, युजवेन्द्र चाहल र एडम जाम्पाले समान १/१ विकेट लिए। निर्धारित ओभरमा खेल बराबरी भएपछि सुपरओभरमा खेल पुगेको थियो।
खराब लयमा रहेका कोहली व्यक्तिगत प्रदर्शन सुधार्न चर्को दबाबमा रहने छन्। बेंग्लोरको यो तीन खेलमा दोस्रो जित हो भने डिफेन्डिङ च्याम्पियन मुम्बई तेस्रो खेलमा दोस्रो हार आत्मसात् गर्न बाध्य रह्यो ।