महामारीको ७ महिनासम्म पनि पाएनन् ‘फ्रन्ट लाइन’का सुरक्षाकर्मीले जोखिम भत्ता

बाह्रखरी

काठमाडौं

कोरोना महामारीको सात महिनासम्म पनि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीले जोखिम भत्ता पाउन सकेका छैनन् । सरकारले आफैंले गरेको निर्णय कार्यान्वयन नगर्दा उनीहरुले जोखिम भत्ता पाउन नसकेका हुन् ।

स्वास्थ्यकर्मीसहित कोरोना कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणअन्तर्गत ‘फ्रन्ट लाइन’ मा खटिएका सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाउन नसकेका हुन् । नेपाल प्रहरी, सशस्‍त्र प्रहरी बल र नेपाली सेनाले आवश्यक सम्पूर्ण विवरण बुझाइसक्दा पनि जोखिम भत्ता पाउन नसकेका छैनन ।

सरकारले चैत ११ गतेबाटै लागु हुने गरी कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागु गर्न खटिने राष्ट्रसेवकलाई भत्ता दिने निर्णय गरेको थियो । हालसम्म सात हजार बढी सुरक्षाकर्मी आफैं कोरोना संक्रमित भइसकेका छन् । संक्रमणको उच्च जोखिममा रहेर काम गर्दासमेत समयमै भत्ता नपाएपछि उनीहरुमा निरासा बढ्दै गएको छ ।

प्रकाशित मिति: : 2020-09-29 13:01:56

प्रतिकृया दिनुहोस्