सगुनको नयाँ च्याटिङ फिचर र यसको भित्री कथा

(भिडियो सहित)

यहीँ शनिबार २६ सेप्टेम्बरका दिन सगुनले आफ्नो नयाँ फिचर च्याट सिस्टम मुड टक  (mood talk) लाई  लिएर लगानीकर्ताहरू माझ आएको छ।सो प्रोग्राममा mood talk को बेटा भर्सन सफलतापूर्वक परीक्षण गरियो|  सगुनका सह संस्थापक तथा भारत स्थित कार्यालय की प्रमुख स्वाती दयालले यो फिचर बनाउँदा आइपरेका अप्ठ्यारा र संघर्षका कथा लगानीकर्ताहरु माझ राखिन्।

 स्वातीले सगुनको नयाँ च्याट फिचर Mood Talk को प्रत्यक्ष डेमो देखाउनुका साथै यसमा तुरुन्तै आउने अरु नयाँ फिचरहरु जस्तै Groupchat, Link sharing, Photo अथवा भिडियो मेसेजिङ  इत्यादि बारेमा पनि बताइन्।

सगुनका फाउन्डर गोविन्द गिरीले सबै इन्जिनियरहरु  जस्ले यो chat system विकास  गर्न मद्दत पुर्याए, उनीहरूलाई धन्यवाद दिए।

सगुनका Head of Technology Kapil Nawani ले सगुनले निकै अनुसन्धान र विश्लेषण गरेर कुन किसिमको प्रविधि प्रयोग गर्ने  भन्ने  निष्कर्षमा पुगेका बताए।  यो च्याट प्रणालीले दक्षिण एसियाको विकट ठाउँमा पनि,  निकै कमजोर इन्टरनेट सुविधा भएको ठाउँमा पनि सजिलैसँग काम गर्ने बताए।

सगुनका Design Manager Umer Bhatt  ले यो Product बनाउँदा खेरि के कस्ता मनोवैज्ञानिक अनुसन्धान देखि लिएर अहिले चलनमा आएका प्रविधिहरू के-के छन् सबै कुरो विश्लेषण गरेर बनाएको बताए|  उनले संस्थापक गोविन्द गिरीको सोच र  विचारलाई सुने पछि आफुहरुले त्यसलाई मूर्तरूप दिन प्रयास गरेको बताए| उनको भनाई अनुसार जब यो Product बाहिर सर्वसाधारणबीच आउँछ त्योबेला सबैले यसको कुन लेबलको डिजाइन र back-end कामहरु भएको छ त्यसको सहज अनुभव प्रयोगकर्ताहरुले गर्न पाउनेछन्।    " मौका पाउने हो भने हामीपनि ठूला ठूला कम्पनी जस्तै अथवा त्यो भन्दा राम्रा किसिमका  प्रोडक्ट र फिचर्सहरु दिन सक्छौं," उनले भने। 

 त्यस्तै सगुनका IOS Development Head मनिष गुप्ताले  निकै छोटो समयमा आफु हरुले  च्याट सिस्टम विकास गरेको बताए |  “हामीले रातदिन नसुती काम गरि रहेका छौं।  गोविन्द दाइको जुन भिजन छ त्यसलाई सार्थक रुप दिनलाई हामीले जे जति गर्न सक्छौं, त्यो गर्न पाएकोमा हामी निकै खुसि छौं,” उनले भने। 

त्यस्तै सगुनका Android Development Head रोह्ताश चौहानले एन्ड्रोइडमा कुनैपनि नयाँ फिचर्सहरु ल्याउन आइओएसमा भन्दा निकै अप्ठ्यारो भएको बताए |  आइओएसमा धेरै किसिमका भर्सनहरु नभएको हुँदा त्यसमा  कुनैपनि फिचर्स बनाउनु र अप्डेट गर्न सजिलो हुन्छ, तर एन्ड्रोइडमा विभिन्न किसिमका भर्सनहरु भएको हुनाले ती सबैलाई समेट्न अलि धेरै कठिनाइ र समय लाग्ने उनले बताए |   "यो प्रोजेक्टमा संलग्न हुन पाउँदा मलाई निकै गर्व लागेको छ," उनले भने |

अन्त्यमा सगुनका सहायक प्रवन्धक ओमप्रकाश श्रेष्ठले कोभिड-१९ का कारण नयां फिचर सार्वजनिक  गर्नमा अलि ढिलाई भएको बताए।  यो बेटा रिलिजमा पनि अझ निकै धेरै कुराहरु राख्नु छ, काम गर्न अझै निकै बाँकी छ   र हामीले  सर्वसाधारणका बीच अब आउने केही हप्तापछि रिलिज गरिसकेपछि सबै प्रयोगकर्ताहरुले मन पराईदिनु हुनेछ भन्ने विश्वास लिएका छौं," उनले भने।

प्रकाशित मिति: : 2020-09-29 13:30:18

प्रतिकृया दिनुहोस्