प्रहरीले बुझ्दैनन् जनताको बाध्यता ! जोर-बिजोरका नाममा जनतालाई सास्ती

बाह्रखरी

काठमाडौँ

केशवराज जोशी

टोखाबाट बैंकको चेक बोकेर बुधबार बिहान दरबारमार्ग जाँदै गर्दा रामकृष्ण डंगोललाई थापाथलीमा ट्राफिक प्रहरीले रोक्यो । जोर मितिमा बिजोर मोटरसाइकल चढेर किन हिँडेको भन्दै ट्राफिकले उनी सवार बा.८३प ८४९१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लियो ।

उनी ट्राफिक प्रहरीलाई भन्दै थिए, “यो चेक आज जसरी पनि साट्नैपर्नेछ । मेरो बाध्यता बुझिदिनुस् न । मैले अरु कसैलाई बोकेको पनि त छैन ।” उनको बाध्यताले प्रहरीलाई छोएन । बरु बेलाबेला माथिल्लो निकायबाट फोन आउँदा थापाथलीमा होल्डमा राखिएमा मोटरसाइकललाई ट्राफिकले छाडिरहेको थियो ।

थापाथलीमै ट्राफिक प्रहरीले मोटरसाइकल होल्ड गरेपछि रोकिएका थिए काठमाडौं बौद्धका टेकबहादुर तामाङ । उनको साथीको दिदीलाई सर्पले टोकेपछि उनी टेकु अस्पतालमा भर्ना छिन् । टेकबहादुरले सर्पदशंका कारण अस्पताल भर्ना भएकी महिलाका भाइलाई पुर्‍याउन आएका थिए । तर थापाथलीमै जोर मितिमा बिजोर मोटरसाइकल चलाएको भन्दै वाग्‍मती-प्रदेश-०२०१५ प ६२९३ नम्बरको मोटरसाइकल होल्ड गर्‍यो । उनले भने, “मैले अस्पताल जान लागेको सबै कुरा सुनाए । ट्राफिक प्रहरीले प्रमाण खोज्छ । अस्पताल नै पुग्‍न पाएको छैन कसरी प्रमाण दिनु । यो त निकै ज्यादति भयो ।”

प्रकाशित मिति: : 2020-09-30 13:23:40

प्रतिकृया दिनुहोस्