दशैंमा हलमै गएर हेर्न पाइएला त नेपाली चलचित्र ?

विदुर गिरी

दशैं–तिहारको सिजन नेपालीचलचित्र प्रदर्शनका लागि बैंसालु समय मानिन्छ । तर यस पटक कोरोना महामारीका कारण न त हल मालिकहरू ‘चलचित्र ल्याऊ, म देखाउँछु’ भनिरहेका छन्, न चलचित्र निर्माताले ‘हल खोल, म चलचित्र दिन्छु’ भनेको नै सुनिएको छ । आमनागरिकले कोरोनासँग बाँच्ने मनस्थिति बनाइरहेको सन्दर्भमा पनि यो सुस्ती किन?
यस सुस्तीलाई तोड्न अघि सरेको छ– ‘चलचित्र विकास बोर्ड ।’ अब प्रदर्शनमा आउने नेपाली चलचित्रको प्रचार सामग्री छपाइदेखि भीभीपीसी र इन्कोडिङजस्ता प्राविधिक कार्यसम्म बोर्डले गरिदिने भएको छ।

कोरोना महमारीका कारण सात महिनादेखि ठप्प हुन पुगेको नेपाली चलचित्र क्षेत्रलाई अगाडि बढाउन बोर्डले प्रचार सामग्री छपाइदेखि इन्कोडिङसम्म गरिदिने भएको हो। बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार कोरोना महमारीका कारण ठप्प हुन पुगेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन बोर्डले सघाउन लागेको हो। उहाँका अनुसार आगामी ६ महिनासम्म प्रदर्शनमा आउने नेपाली चलचित्रको पोस्टर र स्टिकर छपाइदेखि भीभीपीसी र इन्कोडिङ गर्ने कार्यसम्म बोर्डले सहजीकरण गर्नेछ।

प्रकाशित मिति: : 2020-10-01 11:32:54

प्रतिकृया दिनुहोस्