नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
चन्द र प्याकुरेल असोज ६ गते चितवनमा बसेको क्यानको कार्यसमितिको बोर्ड बैठकमा सहभागी भएका थिए। चितवनमा बोर्ड बैठक सकेर काठमाडौं फर्किएका चन्दको स्वास्थ्यमा परीक्षण गर्दना काेराेना संक्रमण देखिएकाे बताइएकाे छ।
हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ। दुवैजना सेल्फ क्वारेन्टाइनमा बसेका छन्।