वेब सिरिज लिएर आउँदै धोनी र साक्षी

एजेन्सी

मुम्बई

भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनी र उनकी पत्नी साक्षी वेब सिरिज लिएर आउन लागेका छन्।

उनीहरु ओटीटीमा वेब सिरिज ल्याउन लागेको जनाएको छ। उनको कम्पनी नै वेब सिरिज निर्माणमा जुटेको छ।

धोनीले सन् २०१९ मा धोनी इन्टरटेनमेन्ट कम्पनी खोलेका थिए। त्यहीँ कम्पनीले वेब सिरिज निर्माण गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो एउटा नयाँ लेखकको किताबमा आधारित रहेको जनाएको छ। किताब पनि रिलिज भएको छैन। आइएएनएससँग कुराकानी गर्दै साक्षीेले मनोरञ्जन क्षेत्रमा काम गर्न खोजेको बताएकी छन्।

पौराणिक विज्ञानमा आधारित कथामा वेब सिरिज निर्माण भइरहेको छ। यसमा साक्षीेले समय दिइरहेकी छन्। उनले धेरै समय निर्माण कम्पनीलाई नै दिइरहेको बताएकी छन्।

प्रकाशित मिति: : 2020-10-01 14:30:51

प्रतिकृया दिनुहोस्