निमबहादुर शाहु जीवन: सडकबाट आश्रम,आश्रमबाट घरसम्म

दशरथ घिमिरे 

त्रिवेणी गाउँपालिका वडा नं. ४ गैरागाउँ सल्यान निवासी निमबहादुर शाहुलाई तीन बर्षअघि सडक प्यारो लाग्न थाल्यो। सडकमै सुत्ने, सडकमै खाने अवस्था आयो । फोहरमै बस्ने, फोहरमै सुत्न रमाउन थाल्नुभयो । दाह्री, कपाल बढ्दै गयो । कपडा फोहर र मैला भयो। घर परिवारबाट सधैं घर लैजान खोज्थे।

तर, निमबहादुर घरमा पुगेपनी भागेर सडकमै आईपुग्थे। मदिरा सेवन गर्ने निमबहादुरलाई विस्तारै मानसिक रोगले सताउन थाल्यो। त्यसपछि घर द्वार छाडेर सडकमै बस्न पुगे। सडकबाट उद्धार गरिएको दश महिनापछि उनै निमबहादुरलाई परिवारमा पुर्नस्थापना गरिएको छ।

प्रकाशित मिति: : 2020-10-01 15:21:11

प्रतिकृया दिनुहोस्