अमेरिका पठाउनुमा राजनीतिक स्वार्थ के ?

शिलापत्र

काठमाडाैं

प्रधानमन्त्री केपी ओलीका प्रियपात्र युवराज खतिवडाले १६ भदौ २०७७ मा अर्थमन्त्रीबाट राजीनामा दिएको साता नबित्दै प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार भए । अनि, महिना दिन नकट्दै अमेरिका लागि नेपाली राजदूतमा सिफारिस भए । 

अवसरलाई राम्रोसँग छोप्न सक्ने खतिवडाका सपनाका खुट्किला एकपछि अर्को जति उकालिँदै छन्, त्यति नै प्रधानमन्त्री ओली भने आलोचित बन्दै छन् । 

खतिवडा अर्थमन्त्री हुँदा नै अमेरिकाका लागि राजदूत वा विश्व बैंकको उपाध्यक्षका लागि प्रयासरत छन् भन्ने टिप्पणी भइरहेको थियो । प्रधानमन्त्री ओलीको चाहनाले मात्रै काम नगर्ने भएपछि अर्थमन्त्रीबाट १६ भदौमा राजीनfमा दिन बाध्य भएका खतिवडा हप्ता दिन नबित्दै प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भए । त्यसपछि छायाँ अर्थमन्त्रीको व्याख्या पनि भए । 

ओलीले खतिवडालाई अमेरिकाका लागि राजदूत पठाउने सिफारिस गरेर अर्थ मन्त्रालय राज्यमन्त्रीबाट चलाउने टिप्पणीको प्रतिवाद गरेका छन् । नेकपाभित्रको शक्ति संरचनामा आउन सक्ने फेरबदल टारेका छन् । अर्कातिर अमेरिकाका लागि पनि सहज सम्बन्धको व्यक्ति पठाएर सम्बन्ध विस्तारमा जोड दिन चाहेका छन् ।

प्रकाशित मिति: : 2020-10-01 17:59:01

प्रतिकृया दिनुहोस्