वीरगञ्जमा बाख्राले केरा खाएको निहुँमा झडप, ७ जना घाइते

वीरगञ्जमा बाख्राले केरा खाएको निहुँमा उत्पन्न विवादको कारण दुई पक्षबीच झडप हुँदा ७ जना घाइते भएका छन्। 

वीरगञ्ज महानगरपालिका २४ रामगढवामा छिमेकी छोटेलाल पटेल र विकाश पटेलका परिवारबीच बाख्राले केरा खाएको विषयलाई लिएर कुटाकुट भएको थियो।

घटनामा छोटेलाल पटेलसहित कृष्ण पटेल, शड्ढर पटेल, कन्हैया पटेल घाइते भएका छन् भने विकाश पटेलसहित इमली पटेल, रीतादेवी पटेल घाइते भएको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ। 

कुटपीटमा धारिलो हतियार प्रहार भएको कारण अधिकांश घाइतेको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ। 

घाइतेहरुको तराई र नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-10-03 18:41:47

प्रतिकृया दिनुहोस्