स्वास्थ्य प्रवक्तासँग अन्तर्वार्ता, 'अस्पतालका बेड नभरिएसम्म लकडाउन हुँदैन'

शिलापत्र

काठमाडौँ

दिनेश गौतम

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ग्राफ बढ्दाे छ । अहिलेसम्म संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । ६२ हजार ७ सय ७ सय ४० निको भएका छन् ।  सक्रिय संक्रमित २१ हजार ३ सय २ र मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ । उपत्यकामा दुई दिनयता संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौंमा २२ हजार ६ सय ७३, ललितपुरमा २ हजार ७ सय ९६ र भक्तपुरमा २ हजार ४ सय ४९ संक्रमित पुगिसकेका छन् ।

भीआईपीहरू पनि संक्रमित भएका छन् । प्रधानमन्त्री केपी ओलीको सचिवालय, सुरक्षाकर्मी र कर्मचारीमा संक्रमण देखिएपछि बालुवाटारमा खैलाबैला नै मच्चियो । प्रधानमन्त्री ओलीसमेत कन्ट्याक्ट ट्रेसिङमा परेपछि भेटघाटहरू बन्द गरिएका छन् ।  

संक्रमण रोकथाम र नियन्त्रणको काम गर्ने निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हो । तर, मन्त्रालयले प्रभावकारी काम गर्न नसकेको, कन्ट्याक्ट ट्रेसिङ, परीक्षण, क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापन गर्न नसकेको गुनासो पनि उत्तिकै छ । नियन्त्रणका लागि मन्त्रालयले के गर्दै छ ? संक्रमणको ग्राफ किन बढिरहेको छ ? प्रस्तुत छ, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश:

कोरोनाको ग्राफ दिन प्रतिदिन बढिरहेको छ । नेपाल अहिले कुन चरणमा छ ? 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार काठमाडौंमा क्लस्टरमा धेरै देखिएको छ । पहिले पर्सा, नेपालगञ्ज, उदयपुरमा थियो । त्यहाँ  टेस्टिङ गर्‍याैँ, आइसोलेट गर्‍याैँ  । केस घट्यो । अहिले काठमाडौंमा धेरै देखिएको छ । टेस्टिङ गर्दै आइसोलेट गर्दै छाैँ । काठमाडौं उपत्यकामा झण्डै ५० लाख मानिसकाे बसाेबास छ । काठमाडौंभित्र अब टेस्टिङ बढाउने हो ।

नगरपालिकामा राम्रो टेस्टिङ भएको छ । महानगरमा टेस्टिङ गर्न समस्या भएको छ । टेस्ट गर्दै पोजिटिभलाई आइसोलेट गरेर पोजिटिभ र नेगेटिभ छुट्याउने हो । हाम्रो रणनीति भनेको काठमाडौंबाहिरबाट आउनेहरूलाई राेक्ने हो । काठमाडौं आउनु भनेको रोग लिन आउनु हो । अस्ति वीरगन्ज कोरोना हब हुँदा कोही जान चाहेका थिए ? थिएनन् नि ! अब काठमाडौं पनि नआउने । आउनै पर्ने भए मास्कसहित दूरी कायम गरेर आउनुपर्छ । काठमाडौंमा क्लस्टर कल्सटमा संक्रमण देखिएको छ । 

प्रकाशित मिति: : 2020-10-04 16:40:39

प्रतिकृया दिनुहोस्