लुम्बिनीका नेताको रहस्यमय मौनता : पदसँग राजधानी साटेर 'माटोमाथि बेइमानी'

लक्ष्मण पोखरेल

तत्कालीन लुम्बिनी अञ्चलका पहाडी जिल्ला टुक्र्याएर गण्डकी प्रदेशमा मिसाउने र पश्चिम तराईलाई एउटा प्रदेश बनाउने गरी संविधान संसोधनको प्रस्ताव विरुद्ध बुटवलमा ठूलो आन्दोलन भयो। शेरबहादुर देउवा सरकारको नेतृत्वमा संविधान संसोधनको प्रयास भयो। आन्दोलनकै कारण त्यसले मूर्त रुप पाएन। त्यो आन्दोलनको केन्द्र थियो, बुटवल।

संविधान संसोधनको विरोधमा बुटवलमा‘अखण्ड प्रदेश’नामको आन्दोलन सुरु भयो। यो आन्दोलन गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, प्युठानदेखि तराईका जिल्लासम्म फैलियो। बुटवलमा मानवसागर नै उर्लियो। त्यही मानवसागरको बीचमा भाषण गर्दै अखण्ड प्रदेश र रुपन्देहीलाई प्रदेश राजधानी बनाउने घोषणा गर्नेहरू थिए, विष्णु पौडेल, घनश्याम भुसाल, टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, चन्द्र भण्डारी, सोम पाण्डे लगायतका नेताहरु। कांग्रेसका नेताहरु आफ्नै सरकारको विरुद्धमा सडकमा उत्रिएका थिए।

प्रकाशित मिति: : 2020-10-04 16:46:30

प्रतिकृया दिनुहोस्