साविक विजेत मुम्बईकाे तेस्रो जित, हैदराबाद ३४ रनले पराजित

साविक विजेत मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार साँझ भएकाे खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दाे तेस्राे जित निकालेकाे छ।

मुम्बईले दिएकाे २ सय ९ रन रनकाे लक्ष्य पछ्छाएकाे हैदराबाद निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनमा समेटियाे।

हैदराबादका लागि कप्तान डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेलेपनि हैदराबादलाई जित दिलाउन सकेनन्। उनले ४४ बलमा ५ चाैका र २ छक्का प्रहार गरेका थिए।

मनिष पान्डे ३० रनमा क्याच आउटभए। पान्डेले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

यता ओपनर जोनी बेयरस्टो २५ रनमा क्याच आउट भए। बेयरस्टोले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे। ९ बलमा १ चौका र २ छक्का प्रहार गरेका अब्दुल सामद २० रनमा क्याच आउट भए।

जेम्श प्याटिनसनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए। ट्रेन्ट बोल्टले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। क्रुनाल पान्ड्याले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए। जसप्रित बुमराहले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए।

यसअघि शारजाहमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रन बनायो। काइरन पोलार्ड १३ बलमा ३ छक्का सहित २५ रनमा अविजित रहे। क्रुनाल पान्ड्या ४ बलमा २ चौका र २ छक्का सहित २० रनमा अविजित रहे।

यस्तै इशान किसनले ३१ रनमा आउट भए। किशनले २३ बलमा २ छक्का र १ चौका प्रहार गरे। हार्दिक पाण्डयले २८ रन जोड्दा सूर्यकुमार यादव २७ रनमा आउट भए।  पान्ड्याले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे।

कप्तान रोहित शर्मा ६ रनमा आउट भए।

राशिद खानले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए। सन्दीप शर्माले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए।

लगातार योर्कर फाल्दै मुम्बईलाई दबाबमा राखेका टि नटराजनले विकेट लिन नसकेपनि ४ ओभरमा २९ रन खर्चेका थिए।

सिद्धार्थ कौलले ४ ओभरमा ६४ रन खर्चेर २ विकेट लिए।

प्रकाशित मिति: : 2020-10-04 19:53:04

प्रतिकृया दिनुहोस्