विशाल ग्रुपका कम्पनीको रेटिङमा केयर रेटिङको बदमासी‚ धितोपत्र बोर्डले छानबिन थाल्यो

नेपाल लाइभ

काठमाडौं

आफ्नै लगानीमा रेटिङ कम्पनी खोलेर गलत रेटिङ प्रदान गर्दै आएको विशाल ग्रुपको कारोबारमाथि नेपाल धितोपत्र बोर्डले छानबिन गर्ने भएको छ। विशाल ग्रुपले केयर रेटिङ कम्पनी खोलेर कानुनविपरीत आफ्नो समूहको लगानी भएका कम्पनीहरूको रेटिङ गराउँदै आएको विषय नेपाल लाइभले सार्वजनिक गरेपछि बोर्डले छानबिन गर्ने यारी गरेको हो। 

सोमबार नेपाल लाइभले सोमबार 'एनआइसी एसिया बैंकको कानुनविपरीत रेटिङ, कारबाही भोगेको कम्पनी कसरी बन्यो राम्रो?' शीर्षकमा समाचार प्रकाशित गरेसँगै बोर्डले दुवै रेटिङ एजेन्सीले गैरकानुनी रूपमा गरेको रेटिङको छानबिन गर्ने तयारी गरेको बोर्डले जानकारी दिएको छ।

गैरकानुनी रेटिङ गराउने विषयमा समाचार सार्वजनिक भएपछि बोर्डको ध्यानाकर्षण भएको बताइएको छ। 'समाचार सार्वजनिक भएपछि हाम्रो ध्यानाकर्षण भएको छ, रेटिङ एजेन्सीले गरिरहेका कामको अब छानबिन हुन्छ,' धितोपत्र बोर्डका एक उच्च अधिकारीले नेपाल लाइभसँग भने। 

नेपालमा दुईवटा रेटिङ एजेन्सी रहेका छन्। दुवै एजेन्सीका विदेशी रणनीतिक साझेदारसहित नेपालका व्यावसायिक घरानाका समूहसहित बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको छ।

प्रकाशित मिति: : 2020-10-05 17:39:33

प्रतिकृया दिनुहोस्