महामारीका बेला प्रदेश राजधानीको लफडा: शंकरको शक्ति अभ्यास !

सिंगो देश कोरोना कहरमा परेका बेला प्रदेश ५ को राजधानी तोक्ने निर्णय एकाएक किन गरियो ? यसका पछाडि नेकपामा विकसित नयाँ परिदृष्यको रोचक कारण छ। 
सिंगो देश कोरोनाभाइरस संक्रमणको महामारीले आकुलव्याकुल बनेको, महामारी रोकथाम, नियन्त्रण र त्यसबाट सिर्जित जीविकालगायतका समस्या समाधान गर्न तीन तहका सरकार नराम्ररी चुकेका बेला बुटवलबाट गएको शुक्रबार एउटा अनौठो खबर सार्वजनिक भयो। बुटवल अर्थात् प्रदेश ५ को अस्थायी मुकाम। साढे दुई वर्षसम्म प्रदेशको स्थायी राजधानी र नाम तय गर्न नसकेको प्रदेश सरकारले एकाएक राजधानी र नाम टुंग्याउने निर्णय गर्यो र सोही दिन त्यससम्बन्धी प्रस्ताव प्रदेश सभामा पेस गर्यो।

प्रदेशको राजधानी दाङ्गको भालुवाङ्गलाई बनाउने र नाम लुम्बिनी प्रदेश राख्ने निर्णय गर्दै यससम्बन्धी प्रस्ताव प्रदेश सरकारले सभामा पेस गरेको थियो। नामको विषयले खासै समस्या नपारे पनि प्रदेशको राजधानी भालुवाङ्गलाई बनाउने विषयले भने बुटवल क्षेत्रमा बबण्डर मच्चायो। प्रदेश राजधानी बुटवलमै हुनुपर्ने अड्डी कसेर त्यहाँ अराजक विध्वंसात्मक प्रदर्शन शुरु गरियो। प्रशासनले निषेधाज्ञा लगाउनुपर्यो। प्रदर्शनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसदेखि अरु साना दल र समूहसँगै सत्तारुढ नेपाल कम्युष्निट पार्टी (नेकपा)का नेता र कार्यकर्तामेत सहभागी छन्। र, सोमबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले यो विवादमा प्रदेश सभा बैठकमै तोडफोड गरेका छन्।

मुख्यमन्त्री पोखरेलको गाडीमा तोडफोड भएपछि खटिएका सुरक्षाकर्मीहरू।
नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी भालुवाङ्गलाई बनाउने विषय आफ्नो शीर्ष नेतृत्व (अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल)बाट अनुमोदन गराएलगत्तै प्रदेश सरकारले यससम्बन्धी निर्णय गरेको थियो। त्यसयता नेपाली कांग्रेसले वुटवलमा राजधानीको माग राखेर निरन्तर प्रर्दशन गरिरहेको छ। कांग्रेसंगै रुपन्देहीका स्थानीय तह र विभिन्न संघसंस्थासमेत यो पंक्तिमा देखिएका छन्। 

प्रदेश सरकार र त्यसका काम नागरिकका दैनन्दिनसँग नजोडिने हुँदा प्रदेश राजधानी वुटवल वा दाङ्ग जहाँ हुँदा पनि सर्वसाधारणका लागि त्यसले के अर्थ राख्छ ? प्रदेश सभा गठन भएको साढे दुई वर्षसम्म कहिल्यै राजधानी र नामको विषयलाई प्राथमिकतामा नराखेको प्रदेश सरकारले महामारीले देश आक्रान्त बनेका बेला अधिवेशन अन्त्य हुनुअघि किन हतार–हतार निर्णय गरेर यसलाई प्रदेश सभामा प्रवेश गरायो ? यस पछाडिको कारण थप रोचक छ। 

प्रकाशित मिति: : 2020-10-06 16:39:56

प्रतिकृया दिनुहोस्