नेप्से ७ महिना यताकै उच्च

साढे २ अर्बको कारोबार हुँदा नेप्से बढेर १५८६ अंकमा

 साताको दोस्रो दिन सामान्य करेक्सन देखिएको सेयर बजार बढ्ने क्रमले पुन: निरन्तरता पाएको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से बढेको छ । मंगलबार बजार परिसूचक ४.१७ अंकले बढेर १५८६.२९ अंकमा पुगेको छ । नेप्से परिसूचक २०७७ फागुन यताकै उच्च बिन्दुमा पुगेको हो । 

मंगलबार बजारलाई नेतृत्व गर्ने बैंकिङ समूहको सूचक घटे पनि हाइड्रोपावर समूहको सूचकमा उछाल आउँदा समग्र नेप्से भने बढेको छ । मंगलबार हाइड्रोपावर कम्पनीको सेयर मुल्यमा हरियाली छाएको छ । मंगलबार हाइड्रोपावर समूहको  सूचक भने सवार्धिक ५.१२ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक, वित्त कम्पनी, व्यापार, उत्पादन र अन्य समूहको सूचक बढेको छ । 

मंगलबार बैंकिङ, होटेल, जीवन बिमा, निर्जीवन बिमा, लघुवित्त र म्युचुअल फन्ड समूहको सूचक नेगेटिभ भएको छ । बैंकिङ समूहको सूचक ०.०४ प्रतिशले मात्रै घट्दा हाइड्रोपावर अन्य र विकास बैंक समूहको सूचकले नेप्सेलाई माथि तानेको हो । पछिल्लो केही साता यता लगातार बढ्ने क्रममा रहेको हाइड्रोपावरको सेयर मुल्य बढ्ने क्रमले आज पनि निरन्तरता भएको छ । 

मंगलबार नेप्सेमा  ५ वटा कम्पनीको सेयर मुल्य १० प्रतिशतले वृद्धि हुँदा ४ वटा हाइड्रोपावर र नेपाल फाइनान्स रहेका छन् । नेप्सेमा १५ वटा कम्पनीको सेयर मुल्य ९ प्रतिशत माथिले वृद्धि हुँदा १४ वटा हाइड्रोपावर नै रहेको छ । 

हाइड्रोमा चाहिने स्टिल पातामा भ्याट छुट हुँदा सेयर मुल्यमा उछाल

सरकारले हाइड्रोपावरमा प्रयोग हुने स्टिल पाता आयात गर्दा लाग्‍ने भ्याटमा छुट दिने निर्णय गर्दा जलविद्युत आयोजनाको लागत कम हुने भएकोले हाइड्रोपावरको सेयर मुल्यमा उछाल आएको उर्जा व्यवसायीहरु बताउँछन् । अधिकाम्स हाइड्रोपावर निमार्णाधिन रहेकोले निमार्णाधीन आयोजनामा सरकारको निर्णयले लागत केही भए पनि घट्ने व्यवसायीहरु बताउँछन् । जसको सकारात्मक प्रभाव सेयर बजारमा पनि देखिएको हो । 

अधिकांश हाइड्रोपावरको सेयर मुल्यमा उछाल आउँदा अरुण भ्याली हाइड्रोपावरको सेयर मुल्य भने सबैभन्दा धेरै घटेको छ ।  

बजार परिसूचकमा वृद्धि हुँदा कारोबार रकम पनि उल्लेख्य देखिएको छ । आज नेप्सेमा १९५ कम्पनीको ९९ लाख ४९ हजार ३१७ कित्ता सेयर किनबेच हुँदा ३ साढे दुई अर्ब माथिको कारोबार भएको छ । आज दिनभर ३९ हजार २३६ वटा कारोबारमा २ अर्ब ५१ करोड ५ लाख ८५ हजारको सेयर किनबेच भएको छ । 

मंगलबार हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । हाइड्रोपावर कम्पनीको सेयर मुल्यमा उछाल आउँदा धेरै कारोबार हुने शीर्ष ५ कम्पनीम हाइड्रोपावर नै रहेका छन् । 

नेशनल हाइड्रोपावरको ११ करोड २९ लाख ५२ हजारको सेयर कारोबार भएको छ । त्यस्तै धेरै कारोबार हुनेमा सानिमा माइ हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावर, अपी पावर र हिमाल दोलखा हाइड्रोपावर रहेका छन् । 

प्रकाशित मिति: : 2020-10-06 16:54:13

प्रतिकृया दिनुहोस्