क्यानका केन्द्रिय सदस्य सिंहलाई पनि कोरोनाको लक्षण

नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य सञ्जयराज सिंहलाई पनि कोरोना संक्रमण भएको छ। गत साता चितवनमा भएको क्यानको साधारण सभाबाट उनी अध्यक्ष तथा महासचिवसँगै काठमाडौं फर्किएका थिए। 

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेललाई गत साता कोरोनाको लक्षण देखिएको थियो। उनीहरू हाल ‘आइसोलेसन’ मा बसेर उपचार गरिरहेका छन्। सञ्जयलाई गत बुधबार लक्षण देखिएको हो। 

नेपालगञ्जका पूर्व क्रिकेटर सञ्जय गत वर्ष भएको क्यानको निर्वाचनमा केन्द्रिय सदस्य निर्वाचित भएका थिए। बिएल नेपाली सेवासँगको कुराकानीमा उनले आफू ‘आइसोलेसन’ मा बसेको बताए।

 ‘ज्वरो पनि आएको छैन। जीउमा कुनै सिम्टम छैन। चेक गर्दा लक्षण देखायो,’ उनले भने, ‘अहिले तातो पानी। हर्दी पानी पिइरहेको छु।’ उनले छिट्टै लक्षणबाट मुक्त हुने आशा व्यक्त गरे।

प्रकाशित मिति: : 2020-10-07 06:12:05

प्रतिकृया दिनुहोस्