दसैँमा गाउँ फर्कन अवरोध नगर्ने पक्षमा स्थानीय तह

शहरमै दसैँ मनाउने सरकारको अनुरोध जनताले मान्लान् ?

काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने नागरिकको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । उपत्यकामा जारी गरिएको निषेधाज्ञा खुलेको २ सातासम्म उपत्यकाकाबाट बाहिरिने भन्दा भित्रिनेको संख्या बढी थियो । पछिल्लो केही दिनदेखि उपत्यकाबाट बाहिरिनेको चाप बढी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यका अहिले कोरोना संक्रमणको ‘हटस्पट’ नै बनिसकेको छ । उपत्यका बाहिरमा क्षेत्रहरुमा यो संक्रमण विस्तारै कम हुँदै गएका छन् । हिमाली र पहाडी जिल्लाका धेरै स्थानीय तहहरु संक्रमणमुक्त समेत भइसकेका छन् । तर, दसैँ नजिकिएसँगै यात्रुको आवतजावत बढ्दा कोरोना संक्रमण फेरि गाउँसम्म फैलिने भन्ने जोखिम बढेर गएको छ ।

सीसीएमसी सम्बद्ध एक अधिकारी भन्छन्, ‘हाम्रो निश्कर्ष कोभिड–१९ को रोकथाम सम्भव हुँदैन भन्ने नै हो । यो रोग एकपटक लागेर निको भएपछि फेरि लाग्ने सम्भावना निकै कम हुन्छ । एकपटक संक्रमण भएर निको हुनु नै सबैभन्दा यसको समाधान हो ।’

सरकारले केही समयअघि देशमा सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्ने जनाएको थियो । तर, संक्रमितको संख्या तोकिएको सीमामा पुग्नै लाग्दा फेरि लकडाउन गर्ने सरकारको कुनै मनशाय नरहेको प्रष्ट्याएको छ । लकडाउन नगर्ने भन्दै गर्दा सरकारले सरकारले ‘यसपटकको दसैँ जहाँ हुनुहुन्छ त्यहीँ मनाउनुस्’ भन्ने आग्रह गरेर दोहोरो चरित्र पनि देखाइरहेकै छ । 

प्रकाशित मिति: : 2020-10-07 09:05:27

प्रतिकृया दिनुहोस्